तीनकुने घटनाका दोषीलाई कारबाहीको माग

काठमाडाैं | चैत १७, २०८१

तीनकुने घटनाका दोषीलाई कारबाहीको माग

काठमाडौं:    मानवअधिकार तथा शान्ति समाजले शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 


समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रेनुका पौडेलले यही चैत १५ गते समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वराजा समर्थित प्रदर्शनकारीले मच्चाएको लुटपाट, तोडफोड र आगजनीका दोषीलाई कारबाहीको माग गरिएको हो । 


नेपालको संविधान लागू भएको एक दशक बित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पहाडीले अवको संशोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामानै समावेश हुनुपर्नेमा जोड दिनुभयो । 

    
नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुनःस्थापना असम्भव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुनःस्थापनाको माग गर्ने सभ्यता र स्वतन्त्रताविरोधी भएको बताउनुभयो । 


विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा नै समावेश गर्न आग्रहसहित आज जलवायु संवाद कार्यक्रमसमेत सम्पन्न गरेको छ । 


जलवायु न्याय केन्द्रित विशेष अभियानअन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष बागमती नगरमा जीवनचक्र परिस्थिति सन्तुलन एवं अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रम गरेको हो ।  


कार्यक्रममा समाजका सभापति रेनुका पौडेल, वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव तथा जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी अन्तरसरकारी मञ्चका उपाध्यक्ष डा विश्वनाथ ओली, जलवायु तथा प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणि नेपाल, नीति, कानुन तथा योजनाविद् प्रताप पौडेल,  समाजका सल्लाहकार तथा पूर्वसभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईँ र डा गङ्गाधर अधिकारीलगायतले जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा सबै दलको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
  
    
समाजले सुरु गरेको जलवायु न्याय केन्द्रित विशेष अभियानका क्रममा आज समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलामलगायतका शाखाले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको उपनिर्देशक सरिता पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्